शुक्रबार, असार २६, २०८३

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले वैद्यलाई निर्विरोध चयन गरेको हो।

यसअघिका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो। कात्तिक २३ मा बसेको सञ्चालक समितिको बैठकले संस्थापकका तर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

 

प्रकाशित: Nov 10, 2023| 13:51 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्