शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनीहरुले राजीनामा दिएका हुन्। कृष्णकिशोर घिमिरेले सभापति देउवालाई संयुक्त राजीनामापत्र बुझाएका थिए।

पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने भन्दै राजीनामा दिएको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए। साथै क्षेत्रीय सभापति र जिल्ला सभापतिमा एक व्यक्ति एक पटक मात्र लड्न पाउनुपर्ने माग उनीहरुको छ।
पार्टीले आफूहरुलाई अपहेलना गरेको भन्दै उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था विधानबाट नै हटाउन भनेका थिए। ‘अपहेलना सहेर बस्न सकिँदैन। न हम गिरे, न हमारे पार्टीका मिनार गिरे। हामीलाई यतिका दिन माया गरिदनुभएकोमा धन्यवाद,’ एक सदस्यले भने।
प्रकाशित: Aug 13, 2021| 18:20 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...