मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स्पेनी प्रधानमन्त्री साञ्चेजद्वारा क्याटलोनियाली पृथकतावादी समूहसँग सम्झौता

स्पेनी प्रधानमन्त्री साञ्चेजद्वारा क्याटलोनियाली पृथकतावादी समूहसँग सम्झौता

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले क्याटलोनियाका पृथकतावादी समूसँग सत्तामा रहिरहन सक्ने गरी सम्झौता गरेको अधिकारीहरूले बिहीबार बताएका छन्।

National life

प्रधानमन्त्री सान्चेजको सोसलिस्ट पार्टीले जुलाई २३ मा भएको संसदीय चुनावमा दोस्रो स्थान हासिल गरेपछि सत्ता समीकरणका लागि नोभेम्बर २७ सम्म नयाँ  गठबन्धन बनाउने वा नयाँ चुनावको सामना गर्नेमध्ये दुई विकल्प रहेका छन्। 
 
सान्चेजलाई क्याटलानी स्वतन्त्रतावादी दलहरूको समर्थनको आवश्यकता छ। सन् २०१७ मा एक असफल अलगाव प्रयासमा सम्लग्‍न भएपछि उनीहरूकोे भूमिकाको स्पेनभरि आलोचना भएको थियो। सम्झौताले स्वतन्त्रता अभियानमा संघीय सरकार र अदालतको निर्देशन विपरित स्वतन्त्रता घोषणा अभियानको सक्रिय नेतृत्व गरेका सबै क्षेत्रीय नेता तथा कार्यकर्तालाई आममाफी प्रदान गर्नको लागी उनीहरूले राखेको माग स्वीकार गरेको छ। 

उनले आममाफी दिने अत्यन्त विवादास्पद विधेयक प्रस्ताव गरेका छन्। यसको जवाफमा, परम्पराववादी विपक्षी पार्टीहरू र स्पेनको न्यायपालिकाका सदस्यहरूले आलोचना बढाएका छन्, केहीले सान्चेजलाई भ्रष्टाचारको आरोप लगाउँदै कानूनी शासन लत्ताएको बताएका छन्। 

प्रस्तावित विधेयकको विरोधमा राजधानी मड्रिडमा हजारौंले र्‍याली निकालेका छन् भने यसै हप्ता देशमा कैयौँ दिनसम्म तनावपूर्ण प्रदर्शन भइरहेको छ। बिहीबार समाजवादी र कट्टरपन्थी ‘क्याटलन जेएक्सक्याट’ पृथकतावादी समूहले विस्तृत विवरण उपलब्ध नगराई सम्झौतामा हस्ताक्षर गरेको बताएका थिए। 

दुवै पार्टीका नेताहरूले ब्रसेल्समा पछि सम्बोधन गर्ने कार्यक्रम छ। ब्रसेल्स हाल क्याटलान पृथकतावादी नेता र जेएक्सक्याटका प्रमुख कार्लेस पुइज्डेमोन्टको आधार हो, जो अभियोजनबाट बच्न असफल अलगाव प्रयासपछि बेल्जियमका लागि स्पेन छोडेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 09, 2023| 21:20 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्