मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युरोपेली संघसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत

युरोपेली संघसँग सदस्यता वार्ताका लागि सिफारिसको युक्रेनद्वारा स्वागत

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) मा समावेश हुने विषयमा युक्रेनसँग कुराकानी सुरु गर्ने युरोपेली आयोगको सिफारिसको स्वागत गरेको छन्। 

National life

'यो एउटा बलियो र ऐतिहासिक कदम हो जसले युक्रेनलाई सदस्यका रूपमा सुदृढ युरोपेली सङ्घमा सदस्यतालाई मार्ग प्रशस्त गर्दछ', उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्। 

उनले युक्रेनसँग सदस्यतासम्बन्धी वार्ता सुरु गर्ने कि नगर्ने भन्नेबारे किएभले डिसेम्बरमा युरोपेली परिषद्को निर्णयको प्रतीक्षा गरिरहेको बताउनुभयो। आफ्नो देशमा सुधार प्रक्रिया जारी रहेको उनको भनाइ थियो। 

यसअघि युरोपेली आयोगले युुरोपेली परिषद्लाई युक्रेनसँग वार्ता गर्न र युक्रेनले केही प्रमुख उपायहरू अपनाएपछि कुराकानीको रूपरेखा अपनाउन सिफारिस गरेको थियो। सन् २०२२ जुनमा युरोपेली संघले युक्रेनलाई सदस्यताका लागि एउटा उम्मेदवारका रूपमा स्वीकार गरेको थियो। 

प्रकाशित: Nov 09, 2023| 22:00 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्