आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तरपश्चिम पाकिस्तानको सैन्य कारवाहीमा दुई आतंककारीको मृत्यु

उत्तरपश्चिम पाकिस्तानको सैन्य कारवाहीमा दुई आतंककारीको मृत्यु

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

इस्लामावाद- पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचरमा आधारित सैन्य कारबाहीमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले विज्ञप्तिमार्फत बताएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको छ।

कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीचको गोली हानाहानमा दुई आतङ्ककारी मारिएको र अन्य घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Nov 09, 2023| 22:30 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्