मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानले आर्थिक सामाजिक चुनौती सामना गर्ने प्रयास गर्छ : राष्ट्रपति

पाकिस्तानले आर्थिक सामाजिक चुनौती सामना गर्ने प्रयास गर्छ : राष्ट्रपति

 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

इस्लामावाद- पाकिस्तानका राष्ट्रपपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताएका छन्। 

National life

बुधबार एक समारोहमा उनले भने, 'एउटा मुलुकको हैसियतमा हामीले आर्थिक र सामाजिक क्षेत्रमा आफ्ना प्राथमिकताहरू निर्धारण गर्नुपर्छ र आफ्नो देशलाई सुदृढ बनाउनु पर्छ।'

उनले सरकारले विदेशी लगानी आकर्षित गर्न र त्यसमा तीव्रता ल्याउन तथा मुलुकमा सहज व्यापारलाई अगाडि बढाएर अर्थतन्त्रलाई स्थिर गर्नका लागि विभिन्न कदम चालेको र त्यसमा केही पहल सुरु भएको बताए।

राष्ट्रपति अल्वीले अवैध तस्करीविरुद्धको पछिल्लो कारवाहीले स्थानीय उद्योगमाथि सकारात्मक प्रभाव परेको उल्लेख गर्दै करको दायरालाई अझ बढाउने र करको दायराभन्दा बाहिर रहेका व्यक्ति तथा व्यवसायलाई दायराभित्र ल्याउने प्रयास भइरहेको बताए। 

आर्थिक विकासलाई अगाडि बढाउने प्रयासमा सरकारलाई सहयोग गर्न उद्योगपति र व्यापारीसहित पाकिस्तानको निजी क्षेत्रको भूमिका रहेको उनको भनाइ थियो। 

Laxmi sunrise bank
kumari

स्कुल जाने बालबालिकाको सङ्ख्या उल्लेख गर्दै उहाँले पाकिस्तानको सुखद भविष्यका लागि पहुँच वृद्धि गर्दै बालबालिकालाई उचित शिक्षा र सीप प्रदान गर्ने नीतिको आवश्यकतामाथि जोड दिए। 

प्रकाशित: Nov 09, 2023| 21:40 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्