शनिबार, जेठ ५, २०८१

इजरायलद्वारा गाजाका लागि नयाँ सहर स्वीकृत

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

तेल अभिभ- इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ  उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो।

triton college

नयाँ सहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ  उक्त सहरमा करिब पाँच सय परिवारको मिश्रित तथा धर्म निरपेक्ष जनसङ्ख्या रहने छ। 

'योजनालाई स्वीकृति दिनु इजराइली दायरा (गाजा नजिकको क्षेत्र) लाई बलियो बनाउने दिशामा थप एक कदम हो,' निर्माण तथा आवासमन्त्री यित्ज्याक गोल्डनोफले भने, 'हालका दिनमा म उत्तर र दक्षिणमा सङ्घर्ष द्वन्द्वग्रस्त बस्तीहरूको भ्रमण गर्दैछु, मुलुकमा सुरक्षा र बस्ती प्रवर्द्धनको आवश्यकता छ भन्नेबारे स्पष्ट आवाज आएको छ।'

आजको स्वीकृतिले यसको जवाफ दिने र देशको निर्माणलाई अगाडि बढाउने उनले बताए। 'निर्माण तथा आवास मन्त्रालयले बस्तीको योजना, निर्माण, विकास र सुदृढीकरणको कामलाई निरन्तरता दिनेछ,' उनले भने। 
 

प्रकाशित: Nov 08, 2023| 21:20 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्