शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इन्डोनेसियामा ९ महिना हिरासतपछि भारत फर्किए एमभी आशीको टोली

इन्डोनेसियामा ९ महिना हिरासतपछि भारत फर्किए एमभी आशीको टोली

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

जाकर्ता- इन्डोनेसियाली सरकारले एमभी आशी जहाजका चालक दलका तीन सदस्यलाई रिहा गरेको इन्डोनेसियास्थित भारतीय दूतावासले बुधबार जनाएको छ।  

triton college

इन्डोनेसियास्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी खुशी छौं, फेब्रुअरी २०२३ मा जहाज दुर्घटनापछि हिरासतमा लिइएका एमभी आशीका तीन चालक दलका सदस्यहरू आज भारत फर्केका छन्  यसलाई सम्भव तुल्याउन सहयोग गरेकोमा हामी इन्डोनेसियाको विदेश मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौं।'

यसैबीच भारतीय विदेशमन्त्री एस जयशङ्करले इन्डोनेसियास्थित भारतीय दूतावासले चालक दलका सदस्यको सफलतापूर्वक स्वदेश फिर्तीका लागि प्रशंसा गरेका छन्। छ  

जयशङ्करले एक्स (ट्वीटर)मा लेखेका छन्, 'जाकार्तास्थित भारतीय दूताबासको राम्रो कामका लागि धन्यबाद  हाम्रा मानिसहरू घर फर्केका छन्  यसले हामीलाई खुसी लागेको छ।'

ब्रेकबल्कको एक रिपोर्टअनुसार, ५० डीडब्ल्यूटीकोे ‘एमभी आशी’ नामक जहाजले फेब्रुअरी १० मा दुबईबाट इन्डोनेसियाको लागि १९०० टन डामर लिएर जाँदै गर्दा खराब मौसमको सामना गर्नुपरेको थियो।  

corrent noodles
Metro Mart

जहाजमा पानी पसेको थाहा पाएपछि चालक दलका सदस्यले इन्डोनेसियाली अधिकारीसँग नियास टापुनजिकै जहाजलाई तान्न लगाउन अनुमति माग्नुभएको थियो  त्यसपछि चालक दलका सबै २० सदस्यलाई बाहिर निकालिएको थियो  इन्डोनेसियाली अधिकारीहरूले छरिएको डामर तुरुन्तै सफा गरेका थिए।  

तथापि, जहाजको अवस्था खराब भयो, जसले गर्दा लगभग ८० प्रतिशतको झुकावसँगै अन्ततः जहाज डुब्न थाल्यो  क्याप्टेन सञ्जीव कुमार, चिफ इञ्जिनियर सञ्जयकुमार पाण्डे र चिफ अफिसर सियाब सलामलाई थप अनुसन्धानका लागि छोडेर फेब्रुअरी २४ सम्ममा चालक दलका १७ सदस्यलाई स्वदेश फर्काइएको थियो।  

यसपछि तीनै जनाको राहदानी जफत गरिएको थियो र इन्डोनेसियाली अधिकारीहरू, स्थानीय प्रहरी, तटरक्षक र बन्दरगाह अधिकारीहरूले सबै खोजी कागजातहरू जफत गरेका थिए। 

 ब्रेकबल्कका अनुसार अनुसन्धानले जहाजमा भएका विभिन्न कमीकमजोरी र यसको अक्षमता पत्ता लगाए पनि हिरासतमा लिइएका व्यक्तिहरूलाई जहाजको ग्राउन्डिङका कारण हुने वातावरणीय क्षतिको कुनै पनि जिम्मेवारीबाट मुक्त गरेको छ।

यसका बावजुद इन्डोनेसियाली सरकारले विगत सात महिनादेखि ती व्यक्तिहरूलाई नियास टापूको एक होटलमा नजरबन्दमा राखेको थियो। महिनौंको वार्तापछि भारतीय दूतावासले तीन जना अधिकारीको रिहाई सुनिश्चित गर्न अन्तत:  सफल भयो।

प्रकाशित: Nov 08, 2023| 21:00 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्