बिहीबार, असार ५, २०८२

‘रणवीर’ को फस्ट लुक सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – फिल्म ‘रणवीर’ को फस्टलुक सार्वजनिक भएको छ। १८ माघदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’ को प्रदर्शन मिति नजिकिँदै गर्दा फस्ट लुक सार्वजनिक गरेको हो।

फस्ट लुक सार्वजनिक गर्दै चलचित्र युनिटले फिल्मको प्रचारप्रसारमा तीव्रता दिने जनाएको छ। 

फस्टलुकमा अभिनेता सुशील सिटौलाको मात्र तस्बिर सार्वजनिक गरिएको छ। चलचिमा सुशीलका साथै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहाडी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रवि गिरी, जगदीश रिजाललगायतको अभिनय रहेको छ। 

दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाको निर्माण रहेको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्