बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्प्यारो एसएमएसद्वारा तिहार विशेष रंगोली मेकिङ प्रतियोगिता आयोजना

स्प्यारो एसएमएसद्वारा तिहार विशेष रंगोली मेकिङ प्रतियोगिता आयोजना

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

नेपालको बल्क एसएमएस सेवा प्रदायक कम्पनी "स्प्यारो एसएमएस" र खल्ती डिजिटल वालेटको सहकार्यमा तिहार विशेष रंगोली मेकिङ प्रतियोगिता आयोजना हुने भएको छ।

National life

नेपालीहरुको महान चाड तिहारमा घर तथा कार्यलयमा विशेष रंगोली बनाउने चलन रहि आएकोले यस प्रतियोगितामा भाग लिनकोलागि कुनै व्यवसाय तथा संस्थाले आफ्नो कार्यालयमा तिहार विशेष बनाइने उक्त रंगोली लाई फेसबूक, इन्स्टाग्राम, लिंकेड, टिकटक जस्ता सामजिक सन्जालमा #sparrowsms #sparrowrangoli अनिवार्य प्रयोग गरी पोस्ट तथा शेयर गर्नु पर्ने हुन्छ।

नोभेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरुलाई रचनात्मक, कलात्मक र धेरै भन्दा धेरै शेयर गरेको आधारमा सहभागीमध्ये एक समुहलाई बिजेता घोषणा गरिनेछ। बिजेता समुहले नोभेम्बर २५ मा काठमाण्डाैको ह्यात रेजेन्सी ग्राउन्डमा हुन लागेको भारतको लोकप्रिय गायक अरिजित सिंहको सांगितिक कन्सर्टको ४ वटा पास पाउनेछन्। अरिजित सिंहको नेपालकालागि यो पहिलो भ्रमण हो र उनी नेपाली दर्शकमाझ धेरै नै चर्चित छन्।

यस प्रतियोगीतामा व्यक्तिगत रुपमा भने सहभागी हुन पाइने छैन। सहभागी हुन कुनै कार्यलयमा आवद्ध हुनै पर्ने र रंगोली पनि कार्यलयमै समूहमा बनाएको हुनु पर्नेछ। एकै कार्यालयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर भने सहभागी हुन पाउनेछन्।

रंगोली मेकिंग प्रतियोगितामा सहभागी हुन इन्स्टाग्राम, लिंकेड, फेसबुक र टिकटकमा @sparrowsms फलो गर्नुपर्छ। आफ्नो कार्यालयमा बनाइएका रंगोलीका तस्विर र भिडियो पोष्ट गर्दा ह्यासट्याग #sparrowsms र #sparrowrangoli प्रयोग गर्नुपर्नेछ।

kumari

 

प्रकाशित: Nov 08, 2023| 17:53 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्