मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • क्लोजअप नेपालद्वारा ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिप

क्लोजअप नेपालद्वारा ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिप

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डका रुपमा नाम कमाएको क्लोजअप नेपालले यादगार पलहरु बनाउँदै युवासँग सम्बन्ध गाँस्ने प्रतिबद्धतालाई जारी राख्दै अति अपेक्षित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कन्सर्टको टाइटल स्पोन्सरसिपको खुसी र गर्व साथ घोषणा गरेको छ।

Kumaribank

यही नोभेम्बर २५ मा काठमाण्डौको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुन गइरहेको कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गरिरहेको छ। कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका निम्ति क्लोजअप नेपालले तयारी गरिरहेको छ।

पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक सञ्जालमा फर्स्ट मुभ #NajikAau डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो।

यो स्पोन्सरसिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल हो। यस कार्यक्रमको टाइटल स्पोन्सरका रुपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा स्रोतासँग दीर्घकालिन सम्बन्ध स्थापना गर्नु हो। यस कन्सर्टको अग्रिम चरणमा नै प्राप्त भएको उत्साह, माया र समर्थनका लागि सम्पूर्ण संगीतप्रेमी र समर्थकप्रति क्लोजअप नेपालले आभार व्यक्त गरेको छ।

 

Metro Mart

प्रकाशित: Nov 08, 2023| 17:51 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्