बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्प प्रभावितका लागि सूर्य नेपालद्वारा १ करोड ४० लाख सहयोग

भूकम्प प्रभावितका लागि सूर्य नेपालद्वारा १ करोड ४० लाख सहयोग

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

जाजरकोट र रुकुम पश्चिमका भ‍ूकम्प प्रभावितहरुका लागि सूर्य नेपालले एक करोड रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी सूर्य नेपालले एक करोड रुपैयाँ सहयोग गरेको हो।

National life

कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास बत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकम हस्तान्तरण गरेको हो।

यस्तै कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ। साथै ५ लाख रुपैयाँ बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले जानकारी दिएको छ।

 

प्रकाशित: Nov 08, 2023| 17:48 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्