बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन ब्लिन्केन जापानमा

जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन ब्लिन्केन जापानमा

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

टोकियो- जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन मङ्गलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन जापान आइ पुगेका छन्। बैठकमा इजराइल–हमास युद्धको विषयले प्रमुख वर्चश्व पाउने अपेक्षा गरिएको छ । मध्यपूर्वको अतिशीघ्र भ्रमणपछि टोक्योमा दुई दिवसीय बैठकका लागि पुग्नुभएका उनले कुनै सार्वजनिक टिप्पणी गरेनन्। 

National life

हमासका लडाकूहरूले अक्टोबर ७ मा गाजापट्टीबाट इजराइलतर्फ गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएपछि इजराइली सेनाले त्यसयता गाजामा निरन्तर बमबारी गर्दै आएको छ। इजराइलको हमलामा चार हजारभन्दा बढी बालबालिकासहित मर्नेहरूको सङ्ख्या गाजामा १० हजार नाघेको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

संयुक्त राष्ट्रसङ्घसहित थुप्रै देशले दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गरिरहेका छन। इजराइलको प्रमुख सहयोगी अमेरिकाले ती आग्रहलाई समर्थन गरेको छैन । उसले इजराइललाई जवाफ दिने अधिकार भएकामा जोड दिएको छ । यद्यपि अमेरिकाले युद्ध रोक्न आह्वान गरेको छ। 

सोमबार टर्कीमा विदेशमन्त्री ब्लिङ्केनले युद्धमा फसेका नागरिकहरूको सहयोगका लागि वासिङ्टनले अत्यन्त आक्रामक तरिकाले काम गरिरहेको बताउनुभएको थियो । कुनै विवरण उल्लेख नगरी उनले भने, 'आगामी दिनमा सहयोग उल्लेखनीयरूपमा बढ्न सक्छ भन्ने मलाई लागेको छ।'

जी–७ मा रहेका अमेरिका, जापान, फ्रान्स, बेलायत, इटाली, जर्मनी र क्यानाडाका मन्त्रीहरू युक्रेन सङ्घर्षका साथै चीनसँगको सम्बन्धका बारेमा पनि विचारविमर्श गर्न तयार रहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 07, 2023| 21:50 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्