बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्प प्रभावितका लागी सिटी एक्सप्रेस ग्रुपले २५ लाख सहयोग गर्ने

भूकम्प प्रभावितका लागी सिटी एक्सप्रेस ग्रुपले २५ लाख सहयोग गर्ने

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

सिटी एक्सप्रेस ग्रुपले जाजरकोट भुकम्प प्रभावितका लागी २५ लाख सहयोगको घोषणा गरेको छ।

National life

सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु २५ लाख सहयोगको घोषणा गरेको हो।

ग्रुपले भूकम्प प्रभावित क्षेत्रका जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।

शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ। सिटी एक्सप्रेसले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वास्थ लाभको लागि कामना समेत गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।

kumari

 

प्रकाशित: Nov 07, 2023| 13:24 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्