बिहीबार, असार ५, २०८२

नेपाली क्रिकेटको विकासको लागि इसेवा सधैं समर्पित

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ। इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो।

क्यानलाई मेडिकल किट  इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले  हस्तान्तरण गरेका हुन्। कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद रू ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण समेत गरिएको थियो। सो उपहार खेलाडीहरूले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिईएको थियो।

इसेवाले जहिले पनि नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ। नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो सिएसआर रकम मार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको छ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा ४ लाख भन्दा बढी मर्चेन्ट क्यू-आर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

 

प्रकाशित: Nov 07, 2023| 13:24 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्