बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जगदम्बा मोटर्सले ‘महाएक्स्चेन्ज महोत्सव’ आयोजना गर्दै

जगदम्बा मोटर्सले ‘महाएक्स्चेन्ज महोत्सव’ आयोजना गर्दै

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने भएको छ। महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटीमण्डपमा नोभेम्बर ७ देखि ११ तारिखसम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ।

National life

महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफआई सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ। सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको जनाएको छ।

महाएक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन्।

उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजारसम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाखसम्मको क्यास डिस्काउन्टका साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसरसमेत प्राप्त गर्नेछन्।

साथै, २५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ।

kumari

महाएक्स्चेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजनिकका साथै आकर्षक एकस्चेन्ज अफरका साथै उपहारहरुको पनि ब्यवस्था गरेको छ। मोटरसाइकल पारखीहरुले यो अवसर छुट्याउनै नहुने कम्पनीको भनाइ छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्दै ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सफल छ।

 

प्रकाशित: Nov 07, 2023| 13:23 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्