बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफ इन्स्योरेन्सले क्रिकेट खेलाडीको २५ लाखको म्यादी जीवन बीमा गर्ने

आइएमई लाइफ इन्स्योरेन्सले क्रिकेट खेलाडीको २५ लाखको म्यादी जीवन बीमा गर्ने

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले टी-२० क्रिकेट टोलीलाई २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ। शुक्रवार नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद अवसरमा कम्पनीले २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने निर्णय गरेको हो।

National life

कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरूप खेलाडीहरूलाई सो जीवन बीमा प्रदान गर्ने जनाएको छ।

इन्स्योरेन्सले ‘टी–२० विश्वकप फाइनल एशिया’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण २० खेलाडीहरूलाई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने बताएको छ।

 

प्रकाशित: Nov 07, 2023| 13:22 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्