बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य

एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन्।

National life

उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुवास शर्माले स्वागत गरेका छन्। आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए।

उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा पनि काम गरेका छन्। उनी पेशाले चाटर्ड एकाउन्टेन्ट समेत हुन्।

एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट ग्रूप दिनानुदिन ठूलो संस्था बनिरहेको बताउँदै आफूले कम्पनीलाई वित्तीय क्षेत्रबाट आफुले सहयोग पुर्‍याउन पाउँदा खुशी लागेको छ।’

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो। कम्पनीले हाल १ हजारभन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। एफवान सफ्ट कम्पनी अन्तर्गत हाल ई-सेवा, फोनपे, ई-सेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन्।

kumari

 

प्रकाशित: Nov 07, 2023| 13:21 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्