मंगलबार, जेठ ८, २०८१

अपाचे आरटीआर १६० फोर भीको नयाँ भर्सन सार्वजनिक

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

टीभीएसको लोकप्रिय मोटरसाइकल आरटीआर १६० फोर भीको २०२१ भर्सन सार्वजनिक भएको छ। नयाँ टीभीएस आरटीआर १६० फोर भीमा भारतीय बजारमा सार्वजनिक भएको हो।

triton college

अपाचे आरटीआर १६० फोर भी नेपाली बजारमा समेत चर्चित मोटरसाइकल रहेको छ।

आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै पावरफुल मोटरासइकल रहेको छ। यही सेग्मेन्टमा यामाहा एमटी र आर १५ भी ३ सर्वाधिक पावर भएको मोटरसाइकल रहेको छ। हाल सार्वजनिक भएको आरटीआर १६० फोर भी २०२१ भर्सन अझै पावरफुल भएको छ।

यो मोटरसाइकलको मूल्य भने यथावत राखिएको कम्पनीले जनाएको छ। यो मोटरसाइकलको डबल डिस्क ब्रेक भर्सनको मूल्य १ लाख १० हजार र ड्रम ब्रेक भर्सनको १ लाख ७ हजार भारतीय रुपैयाँ रहेको छ।

अपडेटेड आरटीआर १६० फोर भी तीन कलरमा सार्वजनिक भएको हो। नयाँ भर्सन रेसिङ रेड, नाइट ब्ल्याक र मेटालिक ब्लु कलरमा सार्वजनिक भएको छ।

corrent noodles
Metro Mart

आटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ। आरटीआर २०२१ भर्सन इन्जिनले ९२५० आरपीएममा १७.६३ पीएस पावर र ७२५० आरपीएममा १४।७३ एनएम टर्क जेनेरेट गर्छ। यस अघि आरटीआर १६० फोर भीले १५.६ एनएम टर्क र १४.१२ एनएम टर्क जेनेरे गर्थ्यो

यसको बजारमा सीधा प्रतिस्पर्धा बजाज पल्सर एनएस १६०, जिक्सर १५० र हिरो एक्स्ट्रम १६० आरसँग भइरहेको छ।

 

प्रकाशित: Nov 07, 2023| 13:20 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्