बिहीबार, वैशाख २०, २०८१

सुनचाँदीका सिक्कामा उपभोक्ताको आकर्षण [फोटोफिचर]

 |  सोमबार, कात्तिक २०, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

सोमबार, कात्तिक २०, २०८०

तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ। नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ।

triton college

तिहारका लागि राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनका असर्फी र चाँदीका सिक्का किन्न सर्वसाधारणको लामो लाइन लागेको हो।

राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । यस्तै सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ।

चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ।

सुनको असर्फीको मूल्य भने हरेक दिन बिहान ११ बजे सार्वजनिक गर्नेछ। सोमबारका लागि १० ग्रामको १ लाख १ हजार ९३५ रुपैयाँ, ५ ग्रामको ५० हजार ९६८ रुपैयाँ र २.५ ग्रामको २५ हजार ४८४ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 06, 2023| 19:44 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्