सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतको राजस्थानमा बस दुर्घटना : चार जनाको मृत्यु, २० घाइते 

भारतको राजस्थानमा बस दुर्घटना : चार जनाको मृत्यु, २० घाइते 

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

नयाँ दिल्ली- भारतको उत्तर–पश्चिमी राज्य राजस्थानमा सोमबार यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य बीसजना भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। अधिकारीका अनुसार दुर्घटना राजस्थानको दौसा जिल्लामा भएको हो।
    
  दुर्घटनाग्रस्त निजी बस उत्तर प्रदेश राज्यको हरिद्वार क्षेत्रबाट राजस्थानको राजधानी जयपुरतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाएर पुलबाट रेल ट्र्याकमा खसेको अधिकारीहरूले बताएका छन्। अधिकारीका अनुसार २० भन्दा बढी घाइतेलाई  उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । तीमध्ये गम्भीर पाँच जनालाई जयपुरस्थित सरकारी अस्पतालमा सिफारिस गरिएको छ । 

 दुर्घटनाका कारण जयपुर–दिल्ली सञ्चालित रेलको आवागमनमा नराम्रो असर परेको भारतीय रेल्वेका एक अधिकारीले बताएका छन्।  

प्रकाशित: Nov 06, 2023| 20:40 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्