शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इरानी विदेशमन्त्री र अफगान उपप्रधानमन्त्रीद्वारा आर्थिक सहयोग विस्तार गर्न आह्वान

इरानी विदेशमन्त्री र अफगान उपप्रधानमन्त्रीद्वारा आर्थिक सहयोग विस्तार गर्न आह्वान

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

तेहर‍ान- इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अफगान कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरले आइतबार द्विपक्षीय सहयोगलाई बढाउने आवश्यकतामाथि जोड दिएका छन्। 

triton college

इरानको राजधानी तेहरानमा भएको बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्ध र साझा हितका क्षेत्रीय विषयमा विचारविमर्श गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

अब्दुल्लाहियानले अर्थतन्त्र, व्यापार, उद्योग र आधुनिक प्रविधिको क्षेत्रमा अफगानिस्तानसँगको सम्बन्धमा सुधार गर्न र असहज परिस्थितिमा सहयोग गर्न इरान तत्पर रहेको बताए। 
    
बरादरले इरानसँग सहयोगको विस्तारमा आफ्नो सरकारले जानेरै छनोट गरेको बताए। अफगानिस्तान इरानको पारवहन मार्गमार्फत अन्तर्राष्ट्रिय व्यापार सम्बन्धलाई विकास गर्न र निर्यातका लागि दक्षिणपूर्वी इरानका बन्दरगाहको प्रयोग गर्न इच्छुक रहेको उनको भनाइ थियो।

दुवै मुलुकले गाजा र पश्चिम किनारमा प्यालेस्टिनीहरूविरुद्ध इजराइली ‘अपराध’ को निन्दा गरेका छन्। बैठकमा इरानमा अफगान शरणाथीहरूसँग सम्बन्धित विषय र लागु औषध ओसारपसारविरुद्धको सहकार्यका बारेमा पनि छलफल भएको इरानको विदेश मन्त्रालयले बताएको छ। 

प्रकाशित: Nov 06, 2023| 21:00 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्