आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नयाँ दिल्लीमा सवारी साधनमाथि रोक लगाइने

 |  सोमबार, कात्तिक २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

नयाँ दिल्ली- विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। 

triton college

तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ। छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो। नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ/हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ।

अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन। सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ।

दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए। 

योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइने छ। मन्त्री रायले भने, 'दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो।' उनका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिने छ। 

Metro Mart
vianet

आइक्युएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ। विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब १२ गुणा धेरै हो। पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो।

दिल्लीमा प्रदूषण बढेको भए पनि बङ्गलादेश र श्रीलङ्का दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन्। राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक होइन। यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो। 

प्रकाशित: Nov 06, 2023| 20:20 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्