बुधबार, वैशाख १६, २०८३

आइएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड दिने

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

आइएमई ग्रुपले जाजरकोट भूकम्प प्रभावितहरूका लागि १ करोड ५० लाख नगद सहयोगको घोषणा गरेको छ।

National life

आइएमई ग्रुपअन्तर्गत ग्लोबल आइएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत कम्पनी छन्। जुन कम्पनीले प्रवद्र्धन गरेको आइएमई फाउन्डेसनमार्फत भूकम्पबाट प्रभावितहरूको नगद सहयोग प्रदान हुनेछ।

फाउन्डेसनले जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नेछ।

 

प्रकाशित: Nov 06, 2023| 17:14 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्