बुधबार, पुस २, २०८२

फिलिपिन्समा रेडियो प्रसारकको हत्या

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

मनिला- फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो। 

National life

मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए। 

संदिग्ध बन्दुकधारी अन–एयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गोली हानेपछि अपराधी भाग्यो र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो। 

सन् २०२२ जुनमा राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले पदभार सम्हालेपछि हत्या भएका पत्रकारमा जुमालोन चौथो व्यक्ति भएको नेसनल युनियन अफ जर्नालिस्ट्सले बताएको छ।  पत्रकारहरूका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान हो र यहाँ पत्रकारका हत्याराहरू प्राय सजायबाट बच्ने गरेका छन्। 

राजधानीबाहिर प्राय रेडियो प्रसारक निशानामा पर्ने गरेका छन्। जुमालोनले आफ्नो सेबुआनो–भाषा ९४.७ गोल्ड एफएम कलाम्बा स्टेसनमा ‘डिजे जोनी वाकर’ नाम प्रयोग गरे। 

Laxmi sunrise bank
kumari

प्रहरी प्रमुख रगिनियोले प्रहरीले हत्याको उद्देश्यको अनुसन्धान गरिरहेको बताउनुभयो। आफूहरूलाई जुमालोनको जीवन खतरामा रहेको पछिल्लो अवस्थाबारे थाहा नभएको उनले बताए। 'उहाँ धेरैजसो समसामयिक घटनाहरूलाई प्राथमिकता दिनुहुन्थ्यो र आफ्नो प्रसारणमा उहाँले कसैलाई आलोचना गरेको थाहा थिएन,' रगिनियोले भने। 

प्रकाशित: Nov 05, 2023| 22:30 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्