आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गाजा पट्टीमा फसेका ११ श्रीलंकाली स्वदेश फर्किए

 |  आइतबार, कात्तिक १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

triton college
Metro Mart
vianet

कोलम्बो- गाजा पट्टीमा फसेका दुई वयस्क र नौ बालबालिकासहित दुई परिवारका ११ जना श्रीलङ्काली नागरिक आइतबार सकुशल श्रीलङ्का आइपुगेका छन्।
 
कन्सुलर सेवा विभागले कायरो, रामल्लाह र तेल अभिवमा रहेको श्रीलङ्काका नियोगसँगको सहकार्यमा उक्त व्यवस्थाको समन्वय गरेको मन्त्रालयले जनाएको छ।

गाजा पट्टीबाट ११ जना श्रीलङ्कालीलाई राफा बोर्डर क्रसिङ हुँदै इजिप्ट प्रवेश गर्न काएरोस्थित श्रीलङ्काली दूतावासले नोभेम्बर २ मा इजिप्टका अधिकारीहरूसँगको समन्वयमा सहजीकरण गरेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फर्कने नागरिकका लागि रसद र हवाई यातायातको व्यवस्था गर्न सहजीकरण गरेको जनाएको छ।

प्रकाशित: Nov 05, 2023| 20:20 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्