बुधबार, वैशाख १६, २०८३

सुनचाँदीको असर्फी बिक्री खुलाइयो

राष्ट्र बैंकले तिहार अवसरमा सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री सुरु गरेको हो।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari


काठमाडौं– नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताका लागि सुनचाँदीका असर्फी बिक्री खुलाएको छ। राष्ट्र बैंकले तिहार अवसरमा सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री सुरु गरेको हो।

केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०÷१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ।

राष्ट्र बैंकका अनुसार १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीका सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको १ हजार ६ सय तोकिएको छ।

प्रकाशित: Nov 05, 2023| 12:25 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्