बुधबार, वैशाख १६, २०८३

भूकम्पका कारण अवरुद्ध विद्युत् सेवा पुनः सुचारु

घर भत्काएका ठाउँबाहेक अन्यत्र विद्युत् सुचारु गरिएको प्राधिकरणको भनाइ।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

National life
kumari

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएका ठाउँबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ। भूकम्पका कारण पोल तथा लाइनमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द थियो।

प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोल मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो। प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालको लाइन सुचारु गरिएको बताए।

यादवले घर भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे। धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको उनको भनाइ छ।

प्रकाशित: Nov 05, 2023| 11:05 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्