सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०२३ मा रूसको जीडीपी ३ प्रतिशतले वृद्धि हुने पुटिनको दाबी

सन् २०२३ मा रूसको जीडीपी ३ प्रतिशतले वृद्धि हुने पुटिनको दाबी

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तीन प्रतिशतले वृद्धि हुने दाबी गरेका छन्। 

'यस वर्ष हाम्रो कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर २.८ देखि २.९ प्रतिशत वा ३ प्रतिशतसम्म पुग्नेछ,' रूसी महासङ्घको आठौं सिभिक चेम्बरका सदस्यहरू र क्षेत्रीय नागरिक चेम्बरका प्रमुखहरूसँगको भेटमा उनले भने। 

पुटिनले युरोपका अग्रणी अर्थतन्त्रहरू धराशायी हुने उल्लेख गर्दै यी अर्थतन्त्रहरू अहिले समस्यामा रहेको र चुनौतीहरूको सामना गरिरहेको दाबी गरे। 

उनले पुटिनले रूस ‘आर्थिक, सैन्य, आन्तरिक र राजनीतिक रूपमा’ बलियो हुँदै जाँदा देश विश्व संगठनबाट बाहिरिने सम्भावना कम रहेको बताए। 

प्रकाशित: Nov 04, 2023| 21:40 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्