शुक्रबार, जेठ २२, २०८३

चीनमा एक हजार वर्ष पुरानो बर्मेसल्ला भेटियो

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

बेइजिङ- चीनको दक्षिण पश्चिमी युनान प्रान्तमा एक हजार भन्दा पुरानो हिमाली रूख फेला परेको स्थानीय अधिकारीहरूले बताएका छन्। 

National life

जिवित रुख लिंकाङ नदीको लाङ्काङ नदी प्रकृति आरक्षित क्षेत्रको फेङकिङ क्षेत्रमा अवस्थित छ। जीवित रूख करिब १२  मिटर अग्लो तथा १.३२ मिटरको ब्यासमा भएको चेङ्दु विश्व विद्यालयका प्राध्यापक शी सोङलिनले बताउनुभएको छ। 

शीले भने, 'बर्मेसल्ला अर्थात् यू ढिलो गरी बढ्ने हिमाली बनस्पती हो। यसको पुनःउत्थान क्षमता कमजोर हुन्छ। मैले बर्मेसल्ला प्रजातिको यति ठूलो जीवित रूख पहिलो पटक देखेँ।'

उनले भने, 'यो रूखले फेङ्किङमा यू रूखको काण्डको व्यास र उमेर दुवैमा कृतिमान तोडेको छ र जिवित वातावरणको अध्ययन तथा संरक्षणमा यसको महत्वपुर्ण भूमिका रहेको छ।'
 
हाल फेङकिङमा एक हजार भन्दा बढी हिमाली यू रहेको अनुमान गरिएको छ। यो दुई हजार ५०० देखि तीन हजार मिटरको उचाइमा हिमाली जङ्गल क्षेत्रमा पाइन्छ।

हिमालय यु चीनको राष्ट्रिय  प्रथम श्रेणीको संरक्षित वनस्पति हो। यसलाई  अन्तराष्ट्रिय  प्रकृति संरक्षण (आइयुसिएन) ले खतरामा परेको प्रजातीको सुचीमा समावेश समेत गरेको छ।
 

Shivam cement

प्रकाशित: Nov 04, 2023| 21:00 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्