बिहीबार, वैशाख ३, २०८३

सैन्य कारबाहीमा तीन सैनिक र दुई विद्रोही लडाकुको मृत्यु

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

इस्लामावाद- पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कावरबाहीमा तीन पाकिस्तानी सैनिक तथा दुई विद्रोही लडाकूको मृत्यु भएको सेनाले जनाएको छ। 

National life

पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखाले शुक्रबार राति अलग –अलग तीन स्थानहरूमा विद्रोही लडाकूसँग झडप भएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ। 

शाखाले प्रान्तको डेरा इस्माइल खान जिल्लाको रोरी क्षेत्रमा गरिएको कारबाहीको क्रममा एक विद्रोही लडाकू मारिएको तथा अन्य दूई घाइते भएको बताएको छ। 

मारिएका विद्रोही लडाकू प्रतिवन्धित तेहरिक –ए– तालीवानसंग सम्बन्धित रहेको तथा उनीहरूले यस क्षेत्रमा उच्च ओहोदाका व्यक्तिमाथि आक्रमण गर्ने योजना बनाएको शाखाले जनाएको छ।

त्यस्तै, डेरा इस्माइल खान जिल्लाको कुलाची क्षेत्रमा विस्पोटक पदार्थ विस्पोट हुँदा एक सिपाहीको घटनास्थलमा नै  मृत्यु भएको छ ।

kumari

शाखाका अनुसार अर्को कारबाहीमा प्रान्तको लक्की मारवत जिल्लामा विद्रोही लडाकूहरूसँगको गोलाबारीमा दुई सैनिक र एक विद्रोही लडाकूको मृत्यु भएको छ। 
 

प्रकाशित: Nov 04, 2023| 20:40 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्