बुधबार, पुस २, २०८२

इरानबाट तीन हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

तेहरान- तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ। 

National life

बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ। 

तीमध्ये तीन सय तीन परिवारलाई पहिचान सहयोगको आवश्यकता परेको थियो र उनीहरूलाई सहयोगका लागि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को कार्यालयमा पठाइएको तालिबानले नियुक्त गरेको सीमा क्षेत्र इस्लाम कलाका अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले बताएको छ। 

बुधबार तालिबान सरकारले नोभेम्बर १ सम्म चार हजारभन्दा धेरै अफगान आप्रवासीलाई पाकिस्तानबाट जबरजस्ती फर्काइएको बताएको थियो। खामाका अनुसार सरकारहरूले शरणार्थी र आप्रवासी जनसङ्ख्याको व्यवस्थापन जारी राखेका कारण यो स्थितिले ती देशमा अफगान आप्रवासीहरूको आगामी चुनौती र कठिनाइहरूलाई देखाउँछ। 

यसैबीच अफगानिस्तानस्थित टोलो न्युजका अनुसार तोर्खम आप्रवाी शिविरका चिकित्सकले आफूले पाकिस्तानबाट फर्किएका करिब दुई हजार बिरामी आप्रवासीको उपचार गरेको बताएका छन्। अफगान आप्रवासीहरूलाई राम्रो उपचार गर्न आफूहरू तयार रहेको चिकित्सकहरूले बताएका छन्। 

Laxmi sunrise bank
kumari

खालिद बिन वालिद कोरस्थित सैन्य अस्पतालका प्रमुख सलाहुद्दीन अयुबीले भने, 'यहाँ बालबालिका, महिला र पुरुष बिरामी छन्, उनीहरूमा सर्जिकल बिरामी पनि छन्, अधिकांश बिरामीको यहाँ उपचार हुन सक्तैन, हामी उनीहरूलाई केन्द्रमा पठाउने छौँ, अहिलेसम्म हामीले एक हजार एक सय १२ मानिसको उपचार गरेका छौँ र हामी अहिले पनि आफ्ना देशवासीको सेवा गरिरहेका छौँ।'

प्रकाशित: Nov 03, 2023| 20:06 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्