सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टर्कीका राष्ट्रपतिले भने - गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविराम गरियोस्

टर्कीका राष्ट्रपतिले भने - गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविराम गरियोस्

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

टर्की- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्। 

इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन गर्दै जनाउँदै आएका छन्। अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नै आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका थिए। 

कजाकिस्तानको राजधानी अस्तानामा आयोजित तुर्क भाषी राष्ट्रहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले भने, 'अक्टोबर ७ देखि हामीले देखेको क्रूरताको व्याख्या गर्न वा क्षमा गर्न सक्ने कुनै अवधारणा छैन।'

उनले भने, 'स्पष्ट शब्दमा भन्नुपर्दा गाजामा २८ दिनदेखि मानवताविरुद्धको अपराध भइरहेको छ। हाम्रो प्राथमिकता मानवीय युद्धविराम चाँडै स्थापित गर्नु हो।' 

टर्कीले चाहे उनीहरू मुस्लिम, इसाई वा यहूदी नै किन नहुन् सबैको सुरक्षाको सुनिश्चितता गर्ने र यसका लागि नयाँ संयन्त्र बनाउने काम गरिरहेको उनले बताए। 'अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका लागि आधार तयार पार्ने हाम्रो प्रयास जारी छ,' उनले भने। 

kumari

गत अक्टोबर ७ मा हमासका लडाकुहरू एक्कासी इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु भएको र २४० भन्दा बढीलाई अपहरण गरेको इजरायली अधिकारीहरूले बताएका छन्।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी क्षेत्रमा भएको आक्रमणमा तीन हजार ७६० बालबालिकासहित नौ हजार ६१ जनाको मृत्यु भएको जनाएको छ।

इजरायलले नागरिकलाई निशाना नबनाएको र अक्टोबर ७ मा भएको आक्रमणका लागि जिम्मेवार हमास लडाकू समूहलाई परास्त गर्न प्रयास गरिरहेको बताएको छ।

प्रकाशित: Nov 03, 2023| 19:30 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्