बिहीबार, वैशाख १७, २०८३

प्रभु बैंकको खुद नाफा ४६.७० प्रतिशत बढ्यो

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ। यसअवधिमा खुद नाफा ४६.७०% ले बढेर १ अर्ब ३ करोड कायम भएको छ। गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

National life

एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९.१५% र ५१.३२% ले बढेको छ। यसले गर्दा बैंकको नाफा बढ्न टेवा पुगेको छ। प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ।

यता, बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ।

 

प्रकाशित: Nov 03, 2023| 17:00 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्