मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा ३३ प्रतिशत बढ्यो

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा ३३ प्रतिशत बढ्यो

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा ३३.४६ प्रतिशतको वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्ष १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो।

Kumaribank

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा उच्च दरमा वृद्धि भएको छ। असोज मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी ९५.४० प्रतिशतले वृद्धि हुँदै ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ।

यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ५९.९० प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको रिपोर्टले देखाएको छ। तर, बैंकको वितरणयोग्य नाफा भने ८५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

कूल ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १.९१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६१ अर्ब १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.१९ प्रतिशतले बढेर ३ खर्ब ४ करोड २४ करोड ४ लाख रुपैयाँ कायम भएको बैंकले जनाएको छ। बैंकको खराब कर्जादर ३.२६ प्रतिशतले बढेर ४.८३ प्रतिशत पुगेको छ।

Metro Mart

 

प्रकाशित: Nov 03, 2023| 17:00 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्