मंगलबार, असोज ७, २०८२

नबिल बैंकले तीन महिनामा कमायो १ अर्ब ४६ करोड नाफा

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बढी नाफा कमाएको छ। बैंक जारी गरेको पहिलो त्रैमास वित्तीय रिपोर्टअनुसार साउन, भदौ र असोज गरी कूल १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो।

Kumaribank

तथापि, अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा ५.५० प्रतिशतले गिरावट आएको हो। गत आर्थिक वर्ष २०७९÷८० को असोज मसान्तसम्म बैंकले कूल १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कमाएको छ। तथापि, यता बैंकको सञ्चालन आम्दानी ४.६८ प्रतिशत घट्दै २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा झरेको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ४.५४ प्रतिशतले बढेर ४ खर्ब १४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६.२७ प्रतिशतले बढेर ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ पुगेको बैंकको रिपोर्टले देखाएको छ।  यता बैंकको खराब कर्जा (एनपीएल दर) १.३६ प्रतिशतले वृद्धि भएर ३.६९ प्रतिशत पुगेको छ। आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसाले घटेर २१ रुपैयाँ ७२ पैसा कायम भएको बैंकको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कूल चुक्तापुँजी रहेको बैंकको वितरण योग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ।

 

Metro Mart

प्रकाशित: Nov 03, 2023| 16:59 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्