बुधबार, असार ४, २०८२

एनएमबि बैंकको नाफा ६ प्रतिशत बढ्यो

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

एनएमबी बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ प्रतिशतले घटेको छ।

बैंकले पहिलो त्रैमासमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सो अवधिमा ९० करोड ४१ लाख रुपैयाँ कमाएको थियो। बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन तथा अन्य कमिसन शुल्क बढ्दा नाफामा टेवा पुगेको छ ।

बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ८ प्रतिशत बढी हो।

बैंकको प्रतिसेयर आम्दानी  २० रुपैयाँ ९८ पैसा छ, यसअघि यस्तो आम्दानी १९ रुपैयाँ ६९ पैसा थियो। समीक्षा अवधिमा बैंकको निश्क्रिय कर्जा भने १.९ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ। बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३९ प्रतिशत छ। बैंकको आधार दर १०.१५ बाट घटेर ९.८५ प्रतिशतमा झरेको छ।

बैंकको मुख्य बिजनेस (कर्जा प्रवाह) सामान्य बढेर १ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यस अवधिमा यस्तो कर्जा १ खर्ब ८९ अर्ब रुपैयाँ थियो। असोज मसान्तसम्म बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड रुपैयाँ बराबर सञ्चित छ।

 

प्रकाशित: Nov 03, 2023| 16:58 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्