सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा

जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

बर्लिन- जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। जर्मनीले इजराइलविरोधि गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टिन समर्थक समूलाई विघटन गर्न आदेश दिएको पनि अल जजिराले बताएको छ।

triton college

जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाइएको बताए। हमासलाई जर्मनीले ‘आतङ्कवादी’ सङ्गठन मानेको छ। 

उनले भने, ‘इजराइललाई नष्ट गर्ने उद्देश्य राखेको आतङ्कवादी सङ्गठन हमासका गतिविधिमाथि मैले आज पूर्णरूपमा प्रतिबन्ध लगाएको छु।’ 

जर्मनीको उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै लेबनानमा हमासका एक अधिकारीले उक्त कदमबाट जर्मनी प्यालेस्टिनी नागरिकविरुद्धको अपराधमा इजराइलसँग साझेदारीमा रहेको थाहा भएको बताएको अल जजिराले उल्लेख गरेको छ। 

लेबनानमा हमासका प्रतिनिधि ओसामा हमदानले भने, ‘जर्मन राजनीतिक मानसिकता एउटा नरसंहार मानसिकता हो जसले सबै मानिसलाई प्रभावित गर्दछ र एउटा पार्टी वा अन्य कुनैसम्म सीमित छैन भन्नेबारेमा प्रश्न गर्न यसले हामीलाई ठाउँ दिएको छ।’

National life insurance

यसबाहेक मन्त्री फेसरले हमाससहितका समूहरूको ‘समर्थन र महिमा गर्ने’ समिडोन नेटवर्कको जर्मन शाखामाथि प्रतिबन्ध लगाएर त्यसलाई भङ्ग गर्ने जानकारी दिए। 

हमासले अक्टोबर ७ मा इजराइलमाथि गरेको हमलाको समर्थनमा समिडोनले बर्लिनको एक सडकमा पेस्ट्री बाँडेर खुसियाली मनाएको थियो। 

मन्त्री फेसरले भने, ‘इजराइलविरुद्ध हमासको भीषण आतङ्कवादी हमलाको जवाफमा जर्मनीमा स्वतःस्फूर्त ‘खुसी समारोह’ आयोजना गरेर समिडोनले विशेषगरेर घृणित तरिकाले यहुदी विरोधी र अमानवीय विश्व दृष्टिकोण प्रदर्शन गरेको छ।’  -एएनआई

प्रकाशित: Nov 03, 2023| 20:41 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्