मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज महानगरले ३ महिनामा उठायो १६ करोड २६ लाख राजस्व

वीरगञ्ज महानगरले ३ महिनामा उठायो १६ करोड २६ लाख राजस्व

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

वीरगञ्ज- मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

Kumaribank

यस अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो।

महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट रु एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यस्तै सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१, साना सवारी साधन करबाट रु १० लाख ९९ हजार तीन सय ५०, भूमिकर/मालपोतबाट रु ३८ लाख ३२ हजार चार सय ७८, बहाल बिटौरी करबाट रु आठ लाख १२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत रु २३ लाख २३ हजार ८३ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिए।

यसैगरी व्यक्तिगत घटना दर्ताबाट रु नौ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट रु सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट रु ७२ लाख २६ हजार पाँच सय ४१ राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख कर्णले बताए।

Metro Mart

गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो। महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए।

प्रकाशित: Nov 03, 2023| 13:57 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्