सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायल-हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजारभन्दा बढीको मृत्यु

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

गाजा- इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

मन्त्रालयका प्रवक्ता असरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको उनले बताए।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

kumari

यसको जवाफमा इजरायली सेनाले गाजापट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो।   -एएफपी

प्रकाशित: Nov 02, 2023| 19:46 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्