मंगलबार, पुस १, २०८२

थाइल्यान्ड र हमासबीच इरानमा बन्धकबारे प्रत्यक्ष वार्ता

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

बैंकक- थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाई नागरिकको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन्।

National life

वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए। भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैंककमा पत्रकारहरूसँग भने।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो। हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो। जवाफमा इजराइली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यी वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घन्टा बैठक बसेको जानकारी दिए। 'उनीहरू निर्दोष रहेको भन्दै मैले थाई बन्धकको रिहाइका लागि कुरा गरेँ', उनले भने, 'उनीहरूले थाई बन्धकको राम्रो हेरचाह गरिएको मलाई अश्वासन दिएका छन् तर उनीहरूको रिहाइको मिति बनाउन सकेनन्, उनीहरू उचित समयको प्रतीक्षा गरिरहेका थिए।'

'उनीहरूले हाम्रो चिन्तालाई स्वीकार गरेका छन् किनकी थाइल्यान्डले मुस्लिम समुदायलाई दया र लाभ देखाएका छन् भन्ने उनीहरूलाई थाहा छ, उनीहरू थाइल्यान्डलाई सम्मान गर्छन्', अरिपेनले भने।

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताएका छन्। साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग कुराकानी गरेका छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ का बावजुद बन्धकहरूलाई मुक्त गराउने प्रयासलाई अगाडि बढाइरहेको बताएका छन्।

प्रधानमन्त्री श्रेथाले बुधबार राति इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गरेका थिए। 'उहाँले मलाई थाई बन्धकहरूको तुरुन्त सहयोगका लागि सक्दो प्रयास गरिने बताउनुभएको छ', प्रधानमन्त्री श्रेथाले भने। पछि नेतान्याहुको कार्यालयले इजराइलले सबै बन्धकलाई मुक्त गराउन सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री श्रीथालाई आश्वास दिएको बताएको थियो।

द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए। तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए। मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका थिए। थाइल्यान्डले इजराइलमा रहेका सात हजार नागरिकलाई विमानमार्फत स्वदेश फर्काएको छ। -एएफपी

प्रकाशित: Nov 02, 2023| 21:02 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्