सोमबार, फागुन १८, २०८२

भारतको बिहारमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

पटना- भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अरु सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर  उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो।

अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए। ‘बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ’, सारणका जिल्ला अधिकारी अमन समिरले भने, ‘पौडी खेलेर बचेका १० जना सुरक्षित छन्।’

डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन्।   -सिन्ह्वा

प्रकाशित: Nov 02, 2023| 20:21 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्