मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकै खेलमा ५ विकेट र शतक हान्ने खेलाडीलाई डिशहोमले २० लाख दिने

एकै खेलमा ५ विकेट र शतक हान्ने खेलाडीलाई डिशहोमले २० लाख दिने

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

National life

डिशहोम परिवारले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ। राष्ट्रिय क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले अहिले भइरहेको आईसीसी टी-२० वर्ल्ड कप अन्तर्गत एशिया क्वालिफायर फाइनल २०२३ मा नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक ‘माइलस्टोन’ मा पुरस्कार घोषणा गरेको हो।

हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले आफ्नो खुशी व्यक्त गरेको छ।

एकै खेलमा शतक र ५ विकेट दुवै गरेमा २० लाख, शतक गरेमा १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक गरेमा १ लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनको लागि ५० हजार र ३ क्याच/स्टम्पिङ गरेमा ५० हजार  रुपैयाँ पुरस्कार दिने घोषणा डिशहोमले गरेको छ।

प्रकाशित: Nov 01, 2023| 16:11 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्