आइतबार, वैशाख २३, २०८१

गाजा आक्रमणमा नौ इजरायली सैनिकको मृत्यु

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

जेरुसेलम- मंगलबार गाजामा युद्धका क्रममा नौ इजरायली सैनिक मारिएको इजरायली सेनाले बताएको छ। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कुल सङ्ख्या ३ सय २६ पुगेको छ। 

triton college

सेनाका अनुसार मङ्गलबार प्यालेस्टाइनी क्षेत्र गाजा स्ट्रिपभित्र आक्रमणका लागि जाँदा त्यहाँको लडाइँमा नौ इजरायली सेना मारिएका छन् भने दुई सैनिक गम्भीर घाइते भएका छन्। प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजरायली सेना युद्धमा होमिएको छ। 

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजरायली हमलामा मङ्गलबार कम्तीमा ४७ जना मारिएका छन्। इजरायलले मारिनेमा अक्टुबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ। 

राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएका थिए भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो। 

सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए। एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ। 

corrent noodles
Metro Mart

स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए। 

आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजरायलले बताएको छ। इजरायली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए। 

सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीले गत महिना इजरायलमा हमासको हमलाको योजना र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सयको ज्यान गएको थियो। 

इजरायलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन्।   -एएफपी

प्रकाशित: Nov 01, 2023| 21:02 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्