मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतका धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, ४ सय करोड फिरौती मागियो 

भारतका धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, ४ सय करोड फिरौती मागियो 

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं- भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीलाई पछिल्ला चार दिनमा तेस्रोपटक हत्याको धम्की आएको छ।

National life

विश्व धनाढ्यको सूचीमा १२औँ स्थानमा रहेका अम्बानीलाई सोमबार इमेलमार्फत चार दिनमा तेस्रोपटक ज्यान मार्ने धम्की आएको बीबीसीले जनाएको छ।

रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानीलाई यसपटक ४०० करोड भारतीय रुपैयाँ फिरौती मागिएको छ। भारतीय प्रहरीले अम्बानीलाई हत्याको धम्की आएको पुष्टि गर्दै यसअघि २०० करोड रुपैयाँ फिरौती रकम मागिएको जनाएको छ।

पहिलेका दुई धम्कीलाई बेवास्ता गरेको भन्दै यसपटक संदिग्ध व्यक्ति र उनका समूहले फिरौतीको माग बढाएर ४०० करोड पुर्‍याएको बताएको छ। 

उक्त धम्की दिइएको इमेलमा भनिएको छ, ‘अब फिरौती रकम ४०० करोड पुगेको छ।  प्रहरीले मलाई ट्र्याक गर्न सक्दैन, मलाई पक्राउ गर्न सक्दैन, त्यसैले अम्बानी तिमीलाई मार्न हामीलाई कुनै समस्या छैन, तिम्रो हालको सुरक्षा जतिसुकै राम्रो होस्, हाम्रो एकै स्नाइपरले तिम्रो मृत्यु गराउन सक्छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 31, 2023| 20:40 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्