शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • युद्धविराम अस्वीकार गर्दै इजरायली प्रधानमन्त्रीले भने- यो युद्धको समय हो

युद्धविराम अस्वीकार गर्दै इजरायली प्रधानमन्त्रीले भने- यो युद्धको समय हो

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

triton college
corrent noodles
Metro Mart

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको सम्भावनालाई इन्कार गर्दै यो युद्धको समय भएको बताएका छन्। उनले ट्विटरमा भनेका छन्, 'जसरी अमेरिका पर्ल हार्बरमाथिको बमबारी वा ९/११ को हमलापछस संघर्ष विरामका लागि तयार भएन, ७ अक्टोबरको हमास हमलापछि इजरायल युद्धविरामका लागि तयार छैन। इजरायल आत्मसमर्पण गर्दैन।'

बाइबललाई उद्धृत गर्दै नेतान्याहुले थपे, 'बाइबलमा भनिएको छ- जसरी शान्तिको समय हुन्छ त्यसैगरी युद्धको पनि समय हुन्छ। र यो युद्धको समय हो। यो युद्ध हाम्रो साझा भविष्यका लागि हो।'

सात अक्टोबरमा भएको हमास हमलामा १४ सयको ज्यान गएको थियो। यसमा १० नेपाली पनि समावेश छन्। त्यसपछिको इजरायलले गाजामा जवाफी हमला सुरु गर्‍यो जसमा ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित: Oct 31, 2023| 08:10 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्