मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साउदी रक्षामन्त्री ह्वाइटहाउस जाँदै, इजराइल–हमास युद्धबारे कुरा हुने

साउदी रक्षामन्त्री ह्वाइटहाउस जाँदै, इजराइल–हमास युद्धबारे कुरा हुने

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स अफ इजराइलले बताएको छ। 

National life

इजराइल–हमास युद्ध क्षेत्रीय युद्धमा परिणत हुनसक्ने आशङ्काबीच कुराकानी हुन लागेको बताइएको छ। साउदी विदेश मन्त्रालयको एक विज्ञप्तिमा शनिबार साउदी अरेबियाले इजराइलको कुनै पनि स्थल कारवाहीबाट प्यालेस्टिनी नागरिकहरूको जीवनलाई खतरामा पार्ने र यसले अमानवीय खतरा निम्त्याउने बताएको छ। 

एक्सियोसका अनुसार रक्षामन्त्री बिन सलमानले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान, रक्षामन्त्री लोयड अस्टिन, विदेशमन्त्री एन्टोनी ब्लिङ्कनेसहित केही सिनेटरहरूसँग कुराकानी गर्नेछन्। 

इजराइल–हमास युद्धभन्दा अघिका साताहरूमा साउदी अरबले इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउनका लागि अमेरिकी नेतृत्वको कूटनीतिमा प्रगति भएको बताएको थियो। 

यसै साताको सुरुमा टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अमेरिकी मध्यस्थतामा कुराकानी ‘अघि बढाउन’ सहमत हुनुभएको थियो। अमेरिकी मध्यस्थतामा इजराइल–साउदी सम्बन्धलाई सामान्य बनाउन कुराकानी भइरहेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 30, 2023| 08:25 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्