शनिबार, साउन ९, २०८३

प्रेमीको हत्या गरी बिर्‍यानी!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दुई युवायुवतीबीचको प्रेम धोकामा परिवर्तन भयो भने के होला? मोरक्कोमा यो धोका यति क्रुर भयो कि हामीले कल्पना गर्दा पनि आङ नै सिरिङ्ग हुन्छ । 

मोरक्कोका एक महिलाले आफ्नो प्रेमीको हत्या गरी लासलाई टुक्रा पारी मारेर बिर्‍यानी बनाएकी छिन् । प्रेमीको हत्या गर्न उनले आफ्ना साथीहरुको पनि सहयोग लिएकी ।

मोरक्को प्रहरीका अनुसार तीन महिना अगाडी उनले प्रेमीको हत्या गरेकी हुन् । तर त्यस समयमा यो विषय छानविनमा आएको थिएन् । तीन महिनापछि महिलाले प्रयोग गरेको ब्लेन्डरमा भेटिएको मानव दाँतको कारण अपराध पत्ता लागेको छ ।

इमिरेटको ‘द नेशनल रिपोर्टस’अनुसार ३० वर्षे महिलाले रिसमा आफूले प्रेमीको हत्या गरेको स्वीकार गरेकी छिन् । 

सात वर्षसम्म लिभिङ रिलेसनमा बसेकी उनलाई अचानक प्रेमीले आफूसँग विवाह नगर्ने बताएपछि आवेगमा आएकी थिइन् । उनी बाहेक अरुसँग विवाह गर्ने मनसाय प्रेमीमा भएको कारण उनले हत्या गरेको उल्लेख गरेकी छन् ।

हत्या कसरी गरियो भन्ने विषय अझै पत्ता लागेको छैन् । ‘द नेशनल रिपोर्टस’ पत्रिकाका अनुसार महिलाले आफ्नो प्रेमीको लास टुक्रा टुक्रा पारेर चामलसँगै पकाई बिर्‍यानी तयार गरेकी हुन् । र सो खाना नजिकै काम गर्ने पाकिस्तानी कामदारलाई खुवाएकी थिइन् ।

मृतकको भाइ दाजुको खोजिमा लाग्दा उनले ब्लेन्डडरमा मानव दाँत भेट्टाएका हुन् । डिएनए जाँचपछि सो पुरुष महिलाको प्रेमी भन्ने पत्ता लागेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।