शुक्रबार, भदौ २०, २०८२

मामीमा नेपाली चलचित्रको वर्चस्व

१९ कात्तिकसम्म सञ्चालन हुने महोत्सवमा ७० देशका २५० चलचित्र प्रतिस्पर्धामा छन्। 
 |  शनिबार, कात्तिक ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

vianetvianet


काठमाडौं– शुक्रबारदेखि भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ। १९ कात्तिकसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन्। महोत्सवमा ७० देशका २५० चलचित्र प्रतिस्पर्धामा छन्। 

Kumaribank

महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदै छ। यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसियाअन्तर्गतको प्रतिस्पर्धामा छन्। महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर: द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ।

छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन्। विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर)का लागि छनोट भएको छ। उक्त चलचित्र ‘फोकस साउथ एसिया’ विधाअन्तर्गत छनोट भएको हो।

महोत्सवमा सहभागी हुन पुगेका निर्देशक गिरीले अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित भएकोे प्रतिक्रिया दिए। उनले भने, ‘प्रतिस्पर्धामा सहभागी चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै यहाँका चलचित्र हेर्न र आफ्नो चलचित्रबारे आउने प्रतिक्रियाका निमित्त तयार रहेको छु।’

नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन्। मौलिक कथा छनोट गरिने यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ। 

Metro Mart

प्रकाशित: Oct 28, 2023| 11:51 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्