मंगलबार, पुस १, २०८२

कतारमा आठ भारतीय नागरिकलाई सुनाइयो मृत्युदण्डको सजाय

जासुसी आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेको एजेन्सीले बताएका छन्। 
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं– कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ। समाचारअनुसार जासुसी आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन्।

National life

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा नयाँ दिल्लीले कतारी अधिकारीसँग निर्णय लिने र बन्दीलाई सबै कन्सुलर र कानूनी सहयोग विस्तार जारी राख्ने बताएको छ।

‘कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ’, हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौं।’

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ। कतारी अधिकारीका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन। 

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन। ‘यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानुनी विकल्पको खोजी गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

Laxmi sunrise bank
kumari

यद्यपि केही भारतीय मिडियाले सजाय पाउनेमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन्। उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेका छन्। उनीहरूलाई सन् २०२२ अगस्तमा दोहामा गिरफ्तार गरिएको थियो। 

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’ मा गिरफ्तार गरिएको बताएका छन्।–एजेन्सी

प्रकाशित: Oct 27, 2023| 17:30 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्